News राजनीति

सत्ता सहकार्यको योजना वनाउन कांग्रेसले वोलायो पार्टीको पदाधिकारी बैठक

सत्ता सहकार्यको योजना वनाउन कांग्रेसले वोलायो पार्टीको पदाधिकारी बैठक

सत्ता सहकार्यका लागि नेकपाका अध्यक्षद्वय पुस्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग छलफल भए लगत्तै नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् । दिउँसो ३ बजे सभापति वुढानिलकण्ठ स्थित देउवा निवास पदाधिकारी बैठक वस्ने जनाईएको छ । प्रतिनिधिसभा पुनःस्थापना भएको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा वैठक केन्द्रित हुने जनाईएको छ ।

प्रतिनिधि सभा पुनःस्थापना भए लगत्तै बुधबार नेकपाका प्रचण्ड–माधव समूहका अध्यक्षद्वय दाहाल र नेपालले देउवालाई उनकै निवासमा भेटेका थिए । उनीहरुले नै नयाँ गठबन्दन बनाएर अगाडि बढ्न आग्रह गरेपछि देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

दाहाल–नेपालसँगको भेटमा देउवाले पार्टीमा आन्तरिक छलफलपछि मात्रै निर्णय गर्ने बताएका थिए । आजको वैठकको निस्कर्षपछि मात्रै कांग्रेसले आफनो योजना अगाडि सार्ने नेताहरुको भनाई छ ।

सत्ता सहकार्य नेपाली काँग्रेस पदाधिकारी बैठक दाहाल–नेपाल

विशेष