News यौन-शिक्षा

दिल्ली प्रदेशमा आठ कक्षासम्मका विद्यार्थीहरुको लिखित परीक्षा नलिने

दिल्ली प्रदेशमा आठ कक्षासम्मका विद्यार्थीहरुको लिखित परीक्षा नलिने

कोरोना संक्रमणको असरलाई मध्यनजगर गरी भारतको नयाँदिल्ली सरकारले आठ कक्षासम्मका विद्यार्थीहरुको लिखित परीक्षा नलिने निर्णय गरेको छ ।

कोरोना संक्रमणको महामारीका कारण भौतिक उपस्थितिमा पढाइ हुन नसकेकाले शिशु कक्षादेखि दुई कक्षासम्म सबै विद्यार्थीहरुलाई माथिल्लो कक्षामा सीधै भर्ना गरिने छ ।

यसैगरी, कक्षा तीनदेखि आठसम्मका विद्यार्थीहरुको लिखित परीक्षालाई असाइन्मेन्ट र प्रोजेक्ट वर्कबाट मुल्यांकन गरिने छ। यसैको आधारमा प्राप्ताङ्क र ग्रेड निर्धारण गरी विद्यार्थीहरुलाई उत्तीर्ण गराइने दिल्ली सरकारले जनाएको छ ।

‘कक्षा आठसम्म सबै बालबालिकाहरुलाई नो डिटेन्सन पोलिसीअनुसार उत्तीर्ण गराइने छ । तर यो वर्ष बालबालिकाहरुले सेमी अनलाइन क्लासमा के सिके भनेर बुझ्न जरुरी छ ताकि आगामी शैक्षिक सत्रमा राम्रो तयारी गर्न सकियोस् । त्यसैले हामीले यो वर्ष कक्षा आठसम्मका विद्यार्थीहरुलाई लिखित परीक्षाको सट्टा वर्षभरि वर्कसिट र असाइनमेन्टको आधारमा मूल्यांकन गर्दैछौं’– दिल्लीका उपमुख्यमन्त्री एवम् शिक्षामन्त्री मनिष सिसोदियाले भनेका छन्।

दिल्ली सरकारले आगामी शैक्षिक सत्रमा बालबालिकाहरुका लागि ‘देशभक्ति पाठ्यक्रम’ ल्याउने घोषणासमेत शिक्षामन्त्री सिसोदियाले गरेका छन् । 

कोरोना संक्रमण विद्यार्थी दिल्ली सरकार कक्षासम्म लिखित परीक्षा नलिने

विशेष