नेकपा ओली समुहको स्थायी कमिटी बैठक आज पनि वस्ने
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक विहिवार पनि वस्ने भएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई असंवैधानिक ठहर गरेपछि राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
वुधवार वसेको वैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै निर्धारित समय (१३ दिन भित्रै) प्रतिनिधि सभा वैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र विभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने लगायतका चार वटा निर्णय गरेको थियो ।