News राजनीति

संसद् पुनर्स्थापना भए पनि प्रधानमन्त्री ओली कमजोर भएका छैनन्ः मन्त्री रायामाझी

संसद् पुनर्स्थापना भए पनि प्रधानमन्त्री ओली कमजोर भएका छैनन्ः मन्त्री रायामाझी

ऊर्जामन्त्री टोपबहादुर रायामाझीले संसद् पुनर्स्थापना भए पनि प्रधानमन्त्री केपी शर्मा ओली कमजोर नभएको दाबी गरेका छन् । अर्को पार्टीसँग मिलेर भएपनि फेरी  पनि केपी ओलीकै नेतृत्वमा नयाँ सरकार गठन हुनसक्ने उनको भनाई छ ।

काठमाडौंमा शुक्रवार आयोजित अनेरास्ववियूको कार्यकर्ता भेलामा वोल्दै मन्त्री रायामाझीले राजनीतिक अवस्थाका कारण अहिलेकै सरकारले निरन्तरता पाउने सम्भावना पनि रहेको वताए । ‘नेकपा छाडेर गएका साथीहरूको आफ्नै सरकार बन्ने सम्भावना छैन । उहाँहरू घर फर्कनुभयो भने ओली नेतृत्वकै सरकारले निरन्तरता पाउन सक्छ’ उनले भने–‘तर, उहाँहरू धेरै पर पुगिसक्नुभएकाले हाम्रा मुख्य नेताहरूले मान्नुहुन्न कि भन्ने लाग्छ ।’ 

मध्यावधि चुनावको सम्भावना अझै नटरेको दाबी समेत गरे । रायामाझीले भने– ‘प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित भएन, नयाँ सरकार बन्न सकेन र झमेला भई नै रह्यो भने मध्यावधि चुनावको सम्भावना छ’, उनले भने । 
 

विशेष