ओलीलाई प्रधानमन्त्रीवाट राजिनामा दिन सुझाएका वामदेव किन छिरे वालुवाटार ?
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि प्रधानमन्त्रीलाई राजिनामा गर्न सुझाव दिएका नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय वदर भएपछि शुक्रबार दिउँसो वामदेव बालुवाटार पुगेको स्रोतले जनाएको छ । गौतमले विज्ञप्ति नै जारी गरेर प्रधानमन्त्री ओलीलाई तुरुन्त राजिनामा दिन सुझाव दिएका थिए ।
वामदेवले बिहीबारमात्रै प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत भेटेका थिए । उनले ओलीलाई सम्मानजनक तरिकाले विदाइ गरेर पार्टी एकता जोगाउन प्रचण्डसमक्ष प्रश्ताव गरेका थिए ।
पुस ५ मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा राजनीतिक रूपमा दुई समूहमा बाँडिएको छ। वामदेव भने कुनै पनि समुहमा नलागि पार्टी एकताको अभियानमा लागेका थिए ।