फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
सरकारले फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुष ५ गते प्रतिनिधि सभा भंग गरेकी थिईन । तर, फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो ।
प्रधानमन्त्री ओलीले सर्वोच्चको निर्णय कार्यान्वयन गर्ने प्रतिक्रिया दिएका थिए । सरकारको सिफारिसँगै अब राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्नेछ ।