News राजनीति

प्रचण्ड समुहले भन्यो– केपी ओली हिजो पनि पार्टीको प्रथम अध्यक्ष होईन

प्रचण्ड समुहले भन्यो– केपी ओली हिजो पनि पार्टीको प्रथम अध्यक्ष होईन

नेकपा प्रचण्ड–माधव पक्षले निर्वाचन आयोग पुगेर केपी शर्मा ओली पार्टीको प्रथम अध्यक्ष नरहेको दाबी गरेको छ । अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डसहितका नेताहरू मंगलबार निर्वाचन आयोग पुगेका हुन।

उनीहरुले ओली विगतमा पनि प्रथम अध्यक्ष नरहेको र अहिले पार्टीको साधारण सदस्यबाट समेत निष्कासन भइसकेको बताएका छन् । दलको आधिकारिकता दाबी गरेपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेता राजेन्द्र पाण्डेले आयोगले माघ १२ गतेको पत्रमा ओलीलाई पहिलो अध्यक्ष मानेको हुनाले त्यो भ्रम मेटाउने प्रयत्न आफूहरुले गरेको बताए ।

उक्त समुहले निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेश गरेको छ ।

प्रचण्ड–माधव समुहले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित औपचारिक रूपमा वैधानिकताको दाबी गरेको हो । 

निर्वाचन आयोगले पुरानो ४ सय ४१ केन्द्रीय सदस्यलाई आधिकारिक मानेको भएकाले हामीले पुनः २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित आफूहरूले दाबी पेश गरेको नेताहरुले बताए।

निर्वाचन आयोगमा आफ्नो आधिकारिकता पुनः पेश गर्दै पदाधिकारीसँग यसअघि १० पुसमै आफूहरूले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको बहुमत केन्द्रीय सदस्यको संख्या बुझाइसकेको अवगत गराएको नेताहरुको भनाई छ ।
 

विशेष