News राजनीति

प्रधानमन्त्रीले बुधबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित

प्रधानमन्त्रीले बुधबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार साँझका लागि वैठक वोलाएका थिए । राष्ट्रिय सभा सचिवालय स्रोतका अनुसार बुधबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

उक्त बैठकमा पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध उल्लेख थियो ।
संवैधानिक परिषद्मा प्रधानमन्त्रीसँगै, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख र प्रमुख प्रतिपक्षीदलका नेता सदस्य रहन्छन्। हाल प्रतिनिधि सभाको उपसभामुख पद रिक्त छ। 

गत मंसिर ३० प्रधानमन्त्री केपी शर्मा ओलीले कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने गरि संवैधानिक परिषद् सम्बन्धि ऐनलाई अध्यादेश मार्फत् संशोधन गरेका थिए। उक्त अध्यादेश विरुद्ध हाल सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ। त्यस्तै सभामुख अग्नि सापकोटाले अध्यादेश गैरसंवैधानिक भएको बताउँदै आएका छन्। 
 

विशेष