पाँच वजे मन्त्रिपरिषद बैठक वस्दै
प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्न मन्त्री परिषदको वैठक वोलाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ वजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतको संवैधानीक इजलासले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई असंवैधानिक ठहर गरेको थियो ।
सर्वोच्चले १३ दिनभित्र संसद बैठक आह्वान गर्न सरकारलाई आदेश दिएको थियो । सो आदेशअनुसार आगामी २३ गतेभित्र संसद बैठक आह्वान गर्नुपर्छ । बिहीबारमात्र राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीले परामर्श गरेका थिए ।