कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक
मस्तिष्कघात भएपछि नर्भिक अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ।
नेता जोशीको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार जोशीको संवेदनशील भागमा रगत जमेको छ।
मस्तिष्कको संवेनदनशील ठाउँमा रगत जमेको उनीहरुले जनाएका छन् । जमेको रगतलाई ‘सर्जरी’ गरेर पनि निकाल्न नसकिने वताएका डा. राजीव झाले टाउकोबाट शरीरमा जानुपर्ने पानी मस्तिष्कमै रोकिएको जानकारी दिए ।
उनकाअनुसार यस्ता खालका ७० प्रतिशत बिरामीलाई बचाउन निकै कठिन हुने गरेको छ । तर, पनि आफुहरुले प्रयास गरिरहेको डा. झाको भनाई छ ।
गएराति शरीरको देब्रेपट्टिको भागमा समस्या देखिएपछि जोशीलाई वीर अस्पतालमा भर्ना गरिएको थियो। उनको थप उपचारका लागि आज बिहान वीरबाट नर्भिक अस्पताल सारिएको छ।