ओली नेतृत्वको नेकपाले विशाल भट्टराईलाई वनायो पार्टी संसदीय दलको प्रमुख सचेतक

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले विशाल भट्टराईलाई पार्टी संसदीय दलको प्रमुख सचेतक वनाएको छ ।
प्रचण्ड–मावध समुहका नेता देव गुरुङलाई हटाएर भट्टराईलाई प्रमुख सचेतक बनाइएको हो ।
ओली समूहको संसदीय दलको बैठकले भट्टराईलाई नियुक्त गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकले असहयोग गरेको आरोप लगाउँदै आएका थिए ।