अविश्वासको प्रस्ताव आए सामना गर्छौ, ह्विप उल्लंघन गर्ने सांसदलाई कारवाही गर्छौ : मुख्य सचेतक भट्टराई
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले संसद्मा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए आफूहरूले त्यहीँ प्रतिवाद गर्ने वताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरूले डटेर सामना गर्ने उनले जनाए । तर, पार्टीका सांसदहरूले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने पनि उनले चेतावनी दिए ।
आफूहरूले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई अहिलेसम्म कारबाही नगरेको र उनीहरुसँग अहिले पनि सच्चिने ठाउँ रहेको सुनाए । तर, त्यसका लागि प्रचण्डले पार्टी कमिटी बैठकमा पेस गरेको १९ पृष्ठ लामो आरोपपत्र फिर्ता गर्नुपर्ने, संसद्को पूरा अवधि नै केपी ओली प्रधानमन्त्री हुनुपर्ने र अर्को महाधिवेशनसम्म अध्यक्ष स्वीकार गर्नुपर्ने उनको सर्त छ ।
संसद्को अधिवशेन अघि संसदीय दलको बैठक बस्ने र वैठकमा सहभागी हुन दाहाल–नेपाललाई उनले आग्रह गरे । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रुपमा प्रधानमन्त्रीको राजीनामा नमागेको पनि जिकिर गरे । उनले पहिला कसको कित्तामा उभिने भनेर कांग्रेसले कित्ता क्लियर गर्नुपर्ने पनि धारणा राखे । तर, अहिले नेकपा नफुटेकाले आफूहरूसँग नै एकल बहुमत रहेको भट्टराईको जिकिर छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसद रहेको उनको दावी छ ।
संसदीय दल मुख्य सचेतक ह्विप उल्लंघन गरे कारबाही