News

नेकपा कस्को ? भन्ने विषय सर्वोच्चले टुङ्ग्याउने

नेकपा कस्को ? भन्ने विषय सर्वोच्चले टुङ्ग्याउने

सर्वोच्च अदालतले आउँदो बिहीबार नेपाल कम्युनिष्ट पार्टीका संयोजक रहेका ऋषि कट्टेलले दायर गरेको मुद्दामा फैसला गर्न लागेको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर नयाँ पार्टी बनाउँदा आफ्नो दलसँग नाम मिल्ने गरी बनाएको भनेर कट्टेलले सर्वोच्चमा रिट दायर गरेका छन् । 

निर्वाचन आयोगमा उजुरी गरे पनि आयोगले खारेज गरेपछि कट्टेलले २०७५ को मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले कट्टेलको पक्षमा फैसला गरेमा नेकपाको ओली र प्रचण्ड–नेपाल समूहले नाम फेर्ने या अर्को दल दर्ता गर्नुपर्ने अवस्था आउन सक्छ ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने घोषणा गरेपछि राजनीतिक रुपमा विभाजन भएको नेकपाको दुवै समूहले आफू नै आधिकारिक भएको दाबी गर्दै आएको छ ।

सर्वोच्चले कट्टेलको पक्षमा फैसला ग¥यो भने दुई समूहमा बाँडिएको नेकपाको विवाद झन् जटिल हुने देखिन्छ । नयाँ सत्ता समीकरण र पार्टीको आधिकारिताबारे बहस र छलफलमा व्यस्त नेकपाका नेताहरुको ध्यान  सर्वोच्च अदालतले गर्न लागेको अर्को फैसलामा केन्द्रित छ। 

विशेष