विप्लवका तीन जना कार्यकर्ता पक्राउ

सप्तरीमा नेत्रविक्रम चन्द विप्लवका समूहका तीन जना कार्यकर्ता पक्राउ परेका छन् । आज बिहान खडक नगरपालिकाका रामनाथ मण्डल, राजविराजका उदयनाथ मण्डल र विष्णुपुरका रामकृष्ण मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
केही समययता व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधीहरुसँग चन्दा माग्ने, धम्क्याउने लगायत गैरकानुनी गतिविधि गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।
प्रहरीले उनिहरुको साथवाट विप्लव समूहका केहि कागजात पनि बरामद गरेको छ ।