सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनःस्थापनाका लागि भूमि पूजन सम्पन्न
सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनःस्थापनाका लागि भूमि पूजन तथा शिलान्यास भएको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा काठमाडौं महानगरपालिकाका मेयरले संयुक्त रुपमा मन्दिर पुनःस्थापनाको शिलान्यास गरेका हुन् ।
साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता जनाएको नेरु. ५ अर्व ८ करोड आर्थिक सहयोग अन्तर्गत पुनर्निर्माण हुन लागेका २८ साँस्कृतिक सम्पदा मध्ये यो पहिलो परियोजना हो । यी सबै २८ साँस्कृतिक सम्पदा क्षेत्रहरु नेपाल सरकारले पहिचान गरेका हुन् । सन् २०१७ अगस्टमा यी क्षेत्रहरुको पुनर्निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्ड अनुरुप पुनस्र्थापना कार्य गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले निकायहरुको पहिचान गरिरहेको छ । केन्द्रीय आयोजना इकाई (भवन) यी परियोजनाहरुको कार्यान्वयन इकाई हो ।
२०७२ सालको भूकम्पले क्षति पु¥याएका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनस्र्थापनाका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन र पुरातत्व विभागले तोकेको निर्देशिका अनुरुप सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनस्र्थापना हुनेछ । यी सम्पदाहरुको पुनर्निर्माण गर्ने क्रममा यसको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामाग्रीहरुको यथासक्य प्रयोग गरिनेछ । मन्दिरको साज सज्जा तथा काष्ठकला सम्बन्धी काम बिग्रिन नदिन विशेष ध्यान पु¥याइनेछ ।
यसका परम्परागत पोलिक्रोम कलाको संरक्षण तथा सम्बद्र्घन गरिनेछ । नेपाल सरकारले अनुमोदन गरेको विस्तृत परियोजना प्रतिवेदन अनुसार संरक्षण तथा पुनस्थर्नपना कार्यमा नेपाल ट्रस्ट फर आर्ट एण्ड कल्चर हेरिटेजले प्राविधिक सहयोग प्रदान गर्नेछ ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त यो मन्दिर १० औं शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ । काठमाडौं उपत्यकाको संरक्षक देवता मानिने र काठमाडौं शहरको मुटुमा रहेको सेतो मच्छिन्द्रनाथ मन्दिरलाइ दुवै हिन्दू र बौद्घ धर्मावलम्बीहरुले उही आस्थाका साथ पूजा गर्छन् ।
यी जीवित साँस्कृतिक सम्पदाहरुको परम्परागत गौरव गाथालाई संरक्षण गर्न यी क्षेत्रहरुको संरक्षण एवम् पुनर्निर्माणमा नेपाल सरकारसँग आबद्घ हुन पाएकोमा भारत सरकार अत्यन्तै हर्षित रहेको दुतावासले जनाएको छ ।