News समाज देश राजनीति

संवैधानिक जटिलता बढेका बेला ओली र गुरुङको अर्थपूर्ण धार्मिक यात्रा !

संवैधानिक जटिलता बढेका बेला ओली र गुरुङको अर्थपूर्ण धार्मिक यात्रा !

प्रधानमन्त्री केपी शर्मा ओलीले धुमधामका साथ पशुपतिमा संकल्प पूजा गरेको एक साता नबित्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गसमेत नवलपरासीको मोक्षधाम पुगेका छन् ।

ओलीका विश्वासपात्रको रुपमा चिनिने गुरुङ्ग १००८ स्वामी कमलनयन आचार्यका साथ हिजो बेलुका लुम्बिनी प्रदेशको अन्तिम सिमाना मोक्षधाम पुगेका हुन। उनले त्यहाँ लामो पूजापाठ गरे।

मुलुकमा राजनीतिक संकट बढ्दा र महत्वपूर्ण निर्णय लिनुपर्दा यसअघि राजा–महाराजाहरुले यस्तै धार्मिक यात्रा गर्थे । तर, गणतन्त्र आइसकेपछि मुलुकको कार्यकारी प्रमुखले धर्मकर्ममा रुचि राखेर यसरी मन्दिर धाएको यो नै पहिलो घटना हो ।

त्यसो त, प्रधानमन्त्री ओलीलाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता आन्दोलनका उपलब्धिहरु सच्चा रुपमा आत्मसात गर्न नसकेको आरोप लाग्ने गरेको छ । प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक तथा संवैधानिक जटिलता बढेका बेला ओली र गुरुङको धार्मिक यात्रालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

कतिपयले त नेकपाको ओली पक्षले माघ २३ गते राजधानीमा आयोजना गरेको आमसभामा हिन्दू धर्म मान्नेहरुलाई प्रभाव पार्ने खाले केही योजना घोषणाको तयारी गरेको समेत दावी गरेका छन् । 
यो सामग्री जनआस्थावाट साभार गरिएको हो।

विशेष