राष्ट्रपतिप्रति असभ्य टिप्पणी गर्ने झाँक्रीलाई कारवाहीको तयारीः गृहमन्त्री थापा
गृहमन्त्री रामवहादुर थापा ‘वादल’ ले नेकपा नेतृ रामकुमारी झाँक्रिलाई कारवाही गर्ने तयारीका लागि छलफल भईरहेको वताएका छन् । झाँक्रीको अभिव्यक्ति राजनीतिक नभएको र चरित्रहत्या गर्ने तथा एकल महिलामाथि हिंसा गर्ने खालको रहेकाले कारबाहीका लागि छलफल भइरहेको उनले वताए ।
ओली पक्षधर अखिल नेपाल महिला संघका पदाधिकारीले नेकपा माधव–प्रचण्ड पक्षधर नेकपा नेतृ झाँक्रीलाई तत्काल पक्राउ गरेर कारबाही चलाउन माग गर्दै दिएको ज्ञापनपत्र वुझ्दै उनले यस्तो वताएका हुन् । महिला नेताहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले यसबारेमा यथार्थ बुझेर कारबाही गर्न प्रहरी महानिरीक्षकसँग पनि छलफल भएको जानकारी दिए।
संघले राष्ट्रपतिसहित एकल महिलाको मान प्रतिष्ठामा आघात पर्ने अभिव्यक्ति दिएको र चरित्रहत्या गरेको भन्दै झाँक्रीलाई मुलुकी अपराध संहिता बमोजिम कारबाही गर्न माग गरेको छ ।
अखिल नेपाल महिला संघका संयोजक सीता पौडेलको नेतृत्वमा गएको टोलीले देशभरका एकल महिलामाथि अपमान गर्ने गरी सेतो सारीको प्रसंग उठाएको र राष्ट्रपतिको व्यक्तिगत चरित्र हत्या गरेकोले तत्काल कारबाही गर्न माग गरेको जनाईएको छ ।
संघले सोहि ज्ञापन पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि वुझाएको छ ।