अख्तियारका आयुक्त गणेशराज जोशीले दिए राजीनामा
प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् ।
नविनकुमार घिमिरेले अवकाश पाएपछि कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका जोशीले आयुक्तवाट राजिनामा दिएको जानकारी दिए । राजीनामा दिनुको कारण भने उनले खुलाएका छैनन् ।
यसअघि आजै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त तथा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई आयुक्त नियुक्त गरेकी थिइन् ।
प्रमुख आयुक्त राईसहित आयुक्तहरुले बुधबार नै पदभार ग्रहण गरिसकेका छन् ।