News राजनीति

नेता नेपाल प्रति ओलीको टिप्पणीः रामको अगाडि हनुमानले घुँडा टेकेझैँ गर्ने अनि वाहिर क्रान्तिका गफ गर्ने ? 

नेता नेपाल प्रति ओलीको टिप्पणीः रामको अगाडि हनुमानले घुँडा टेकेझैँ गर्ने अनि वाहिर क्रान्तिका गफ गर्ने ? 

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सर्वाहार र कम्युनिष्ट पार्टीको सरकार ढाल्ने अनि अन्त गएर घुँडा टेकेर प्रणाम गर्दै लिखित दिन्छु, ल्याप्चे लाउँछु भन्ने’ भन्दै माधव नेपाल प्रति कटाक्ष गरेका छन् ।

नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीद्वारा वुधवार काठमाडौंमा आयोजित राष्ट्रिय भेला तथा बैठकलाई सम्बोधन गर्दै ओलीले यसरी कटाक्ष गरेका हुन ।

माधवकुमार नेपालले शेरबहादुर देउवालाई भेटेको प्रसंग उ्रल्लेख गर्दै ओलीले ‘रामको अगाडि हनुमानले घुँडा टेकेझैँ’ गरेको टिप्पणी गरे।

‘अबको दुई वर्ष तपाईं नै प्रधानमन्त्री हो, प्रधानमन्त्री खानुहोस् लेखेर दिन्छौँ भनेछन्’ उनले भने–‘अनि बाहिर निस्केर क्रान्तिका गफ गरेछन्।’

प्रधानमन्त्री ओलीले सुकुम्बासी समस्या समाधानका लागि सरकार तयार रहेको बताए। सुकुम्बासीको समस्या समाधान नगरी देश अघि बढ्नै नसक्ने पनि उनले बताए।
 

विशेष