News राजनीति

राजनीतिमा विवेक र अक्कल एकै चोटी बन्द भएपछि फुर्ने आईडिया –नेपाल बन्द!

राजनीतिमा विवेक र अक्कल एकै चोटी बन्द भएपछि फुर्ने आईडिया –नेपाल बन्द!

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहले बिहीबारका लागि आमहड्ताल घोषणा गरेको नागरिक स्तरवाट त्यसको विरोध सुरु भएको छ ।

उक्त समुहले संवैधानिक निकायमा सिफारिस गरेकाहरुलाई शपथग्रहण गराएर देशलाई गुन्डाराजमा चलाउन खोजेको भन्दै त्यसको विरोध गर्न आम हड्तालको आयोजना गरेको हो ।

लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आमहड्तालप्रति कटाक्ष गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा उनले के कारणका लागि नेपाल बन्द ? भन्दै प्रश्न गरे । ‘नेपाल बन्द अरे ! जनताले के बिगारे र बन्द ? जनताई दुःख दिन किन बन्द ? पार्टी छोडेर पाटीमा आफू लाग्छन् अनि जनतालाई दुःख दिन्छन्’ ओलीले भने ।

यसैगरी, लेखक खगेन्द्र संग्रौलाले माधव– प्रचण्डलाई रचनात्मक, दवावकारी र भ्रभावकारी जुक्ति अझै नफुरेको भन्दै आलोचना गरेका छन् । वुधवार ट्वीट गर्दै उनले लेखेका छन्–‘विरोधको चौतर्फी हडतालभन्दा रचनात्मक, दबाबकारी र प्रभावकारी जुक्ति पुष्प–माधव–झल–काजीका दिमागमा अझै फुरेन। विरोधको सजिलो तर जनपिराहा जुक्ति यिनलाई कति मन पर्या ! बन्द’ भन्यो, नाकानाकामा ठोकठाक र तोडफोड गर्यो सकियो। यो त जनमतशून्य जीवहरूको सुकुलगुण्डे धन्दा पो हो!’

यस्तै पुर्वाधार विज्ञ सुर्यराज आचार्यले ‘राजनीतिमा विवेक र अक्कल एकै चोटी बन्द भएपछि फुर्ने आईडिया के हो? भन्दा ‘नेपाल बन्द!’ भन्दै ब्यंग्य गरेका छन्। ‘भोलि गर्ने भनिएको नेपाल बन्द आयोजकले तु फिर्ता लिउन। यस्तो ‘लम्फु’ आईडियाले आन्दोलन बलियो हुने हैन, झन् कमजोर हुनेछ। जनताबाट आन्दोलन टाढिने छ। चेतना भया!’ उनले ट्वीट गर्दै लेखेका छन् ।

विशेष