चिनियाँ खोपमा नेपालको शंका
काठमाडौं : चिनियाँहरूले नेपाललाई ३ लाख डोज खोप अनुदान दिन उदार प्रस्ताव गरेकाे खबरहरू बाहिरिएको छ। झट्ट हेर्दा याे प्रस्ताव चीनकै वुहानबाट फैलिएको काेराेना भाइरसकाे महामारी नेपाल्मा फैलिनबाट राेक्नका लागि सहयाेग गर्नका लागि आएको जस्तो देखिन्छ। वुहानको वेट मार्केटमा हाल विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले सो भाइरसबारे अनुसन्धान पनि अगाडि बढाएको छ।
यतापट्टी विस्वनीय स्रोतहरूको संकेत गरेअनुसार नेपाललाई सिनोफर्म खोपको ३ लाख डोज प्रदान गर्ने एकतर्फी घोषणा गरिनुले वास्तविक चिनियाँ अभिप्रायबारे नेपाली जनता र अधिकारीहरुमा शंका उब्जेको छ। स्रोतका अनुसार सो घोषणा पछाडिको वास्तविक अभिप्राय 'सुरक्षा र प्रभावकारिता' सम्बन्धि आवश्यक कागजात विना नै सो खोपलाई नेपालमा आपतकालीन प्रयोगको लागि आधिकारिता प्राप्त गर्न लगाउनु हो।
स्रोतका अनुसार चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा पाकिस्तानमा सिनोफार्मलाई दिएको आधिकारिकताको हवाला दिदै नेपालमा पनि सो खोपको आधिकारिकता दिनुपर्ने तर्क गरिएको छ। तर पाकिस्तान चीनको इशारामा चल्ने मुलुक भएको सर्वविदितै छ। तसर्थ, पाकिस्तानले सुरक्षा र प्रभावकारितालाई कति ध्यानमा राखेर उक्त खोपलाई आधिकारिकता दिएको होला भनी बुझ्न गार्हो पर्दैन। यहाँ उल्लेखनीय यो पनि छ की सिनोफार्मले तेस्राे चरण परीक्षणको तथ्यांक पनि नेपाललाई उपलब्ध गराएको प्रष्ट छैन, जसको बिना खोपको प्रभावकारिताको दावीमाथिको शंकाको निवारण हुनसक्दैन। यस अवस्थामा आधिकारिकताका लागि उपहारको जालो फालिनुले चिनियाँहरूका लागि नेपाली जनताको सुरक्षा र हितभन्दा पनि उनीहरूको खोप बढी प्यारो रहेको प्रष्ट देखिन्छ।
यहाँनेर यो पनि बुझ्नु आवश्यक छ कि साइनोफर्मको खोपको आधिकारिता प्राप्त भएपछि उक्त खोपलाई नेपाली बजारमा प्रति डलर १९.३० मा बेच्ने योजना बनाइएको छ जुन आफैमा महामारीको समयमा नेपाली जनताको लाजमर्दो शोषण हो।
औषधि उधोगहरूले जनाएअनुसार भारतमा उत्पादित सेरम भ्याक्सिनको मुल्य सुरक्षा सुनिश्चितता पनि नभएको चिनियाँ खोपको एक अंश पनि पर्दैन। तसर्थ ३ लाख डोज खोप उपहारमा दिने चिनियाँ प्रस्तावले नेपालीहरूको स्वास्थ्यसँग कुनै सरोकार राख्दैन, बरु उसको सो प्रस्ताव भारतको खोप मैत्रीको पहलमा प्रतिरोध गर्ने प्रयासबाट बढी प्रेरित छ। यो महामारीको समयमा यस्तो खाले तुक्ष प्रतिस्पर्धाको जालोबाट नेपाल समयमै सावधान हुनु आवस्यक छ।
अहिले यो आशामात्र गर्न सकिन्छ कि नेपालका नियामक निकायहरूले नेपाली जनतामा प्रभावहिन अथवा नक्कली खोप लाग्नबाट रोक्न आवश्यक कागजातहरू माग्लान।