News राजनीति

प्रचण्ड–माधव समुहद्वारा विहिवार हाम हड्ताल गर्ने तयारी

प्रचण्ड–माधव समुहद्वारा विहिवार हाम हड्ताल गर्ने तयारी

संसद विघटन विरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समुहले विहिवार हाम हड्ताल गर्ने भएको छ । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै आम हड्ताल घोषणा गर्ने तयारी गरिएको हो ।

केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार मंगलबार २ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्न लागिएको छ। 

पत्रकार सम्मेलनअघि केन्द्रीय संघर्ष समितिको बैठक समेत बोलाइएको छ । बैठकले संवैधानिक निकायमा सिफारिस भएकाहरूलाई नियुक्त गरेको विरोधमा आमहड्ताल गर्ने निर्णय गर्ने तयारी भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

केन्द्रीय संघर्ष समितिको बैठकले आमहड्तालको निर्णय गरेपछि आकस्मिक रूपमा बोलाइएको पत्रकार सम्मेलनमा त्यसको घोषणा गरिने बताइएको छ ।
 

विशेष