News राजनीति

संवैधानिक निकायमा सिफारिस भएकाहरुको शपथ ग्रहण

संवैधानिक निकायमा सिफारिस भएकाहरुको शपथ ग्रहण

अख्तियार लगायतका विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई बुधबार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइएको छ ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् ।

प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराएका थिए । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाए ।

विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार
यसैविच उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले सपथ ग्रहण समारोह बहिस्कार गरेका छन् । कानूनी र राजनीतिक विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको सपथमा दुवै जना अनुपस्थित भए।

संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले संविधानविपरीत संवैधानिक निकायका पदाधिकारीको सपथ भएको बताएका छन्।

विघटित प्रतिनिधि सभाका सांसदसमेत रहेका कर्णले संविधानको धारा २९२ को प्रावधानविपरीत आयोगका पदाधिकारीको सपथ भएको बताए।

आयोगका पदाधिकारीको नियुक्तिबारे आफूले संसद सचिवालयबाट जानकारी पाए पनि समितिमा जानकारी नआएको बताए। 
 

विशेष