News राजनीति

ओली सरकारी गुटको नेता मात्रै हो, देशको होईनः नारायणकाजी

बिहीबार आमहड्ताल घोषणा

ओली सरकारी गुटको नेता मात्रै हो, देशको होईनः नारायणकाजी

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहले बिहीबार आमहड्ताल घोषणा गर्दै बिहान मिर्मिरेमै संवैधानिक निकायका पदाधिकारीलाई सपथ खुवाएको नाटक गरेपछि यस्तो कदम चाल्नु परेको जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त समूहकी नेतृ पम्फा भुसालले नयाँ बाध्यता आई लागेकाले संघर्षका नयाँ कार्यक्रम घोषणा गर्नु परेको बताइन्। 

‘असंवैधानिक रूपमा सुनुवाइ नगरी सपथ गराइनु निरंकुशता र जबरजस्तीको पराकाष्ठा हो,’ उनले भनिन्,‘संविधान र लोकतन्त्रको रक्षा र फासिस्ट जंगलराजको अन्त्य गर्न जरूरी छ। हामी संवैधानिक आयोगको सपथ खारेजीको माग गर्छौं। भोलि देशव्यापी आमहड्तालको आह्वान गरेका छौं।’

अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै कुरा बन्द गरिने उनले वताईन ।

यसैगरी, पार्टीका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली सरकारी गुटको नेता मात्रै भएको बताए। ओली ‘कमरेड’ नभएको बताएका उनले ‘हिजोसम्म कमरेड हुनुहुन्थ्यो । अहिले सरकारी गुटको नेता बन्नुभएको छ । देशको होइन’ भने।

उनले संवैधानिक निकायमा सिफारिस गरेकाहरुलाई शपथग्रहण गराएर देशलाई गुन्डाराजमा चलाउन खोजेको उनको आरोप छ । 

ओली सरकार नीतिगत निरन्तरतामा भन्दा पनि भ्रम पार्न र स्वार्थ पूरा गर्न लागिपरेको उनको भनाइ छ । पछिल्लो समय सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ताको पहल नाटक भएको वताए । 

विशेष