News राजनीति

प्रचण्डले किन सुन्न सकेनन् एमसीसी विरुद्धको नारा ?

प्रचण्डले किन सुन्न सकेनन् एमसीसी विरुद्धको नारा ?

नेकपा प्रचण्ड–नेपाल समुहका नेता भिम रावल अमेरिकी परियोजना एमसीसीको उग्र विरोधी हुन्। यसो हेर्दा उक्त समुहले एमसीसीको विरोध गरेझैं देखिन्छ। ब्यवहारमा भने दाहाल–नेपाल समुह एमसीसीको नाम सुन्नासाथ नतमस्तक हुन्छ ।

विहिवारको आमहड्तालमा सहभागी हुन पुल्चोक पुगेका प्रचण्डले त्यहाँ केहीबेर नाराबाजीमा पनि सहभागि भए । कार्यकर्ताले नारा लगाउने क्रममा एमसिसीविरूद्ध नारा लगाए। तर प्रचण्डले तत्कालै त्यो नारा रोक्न लगाए।

कार्यकर्ताले ‘एमसिसी चाहिँदैन’ भन्दै गर्दा प्रचण्डले हातले संकेत गरेर नारा नलगाउन भने। त्यसपछि उनले छेउमै रहेकी नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाललाई नारा रोक्न समेत भनेका थिए। तर, दोहोर्याएर फेरी सोहि नारा लाग्यो ।

नेकपाभित्रको विवादकै कारण एमसिसी परियोजना अघि बढ्न नसकेका वेला दोहोर्याई दोहोर्याई नारा लागेपछि प्रचण्ड त्यहाँवाट हिडेका छन् ।

विशेष