News राजनीति

प्रचण्डलाई ओलीको चेतावनी– कानुनको पालना गर्नोस, हप्कीदप्की गर्ने होईन

प्रचण्डलाई ओलीको चेतावनी– कानुनको पालना गर्नोस, हप्कीदप्की गर्ने होईन

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्पकमल दाहाल (प्रचण्ड) लाई कानुनको पालना गर्न चेतावनी दिएका छन् । आम हड्तालका क्रममा सर्वसाधारणको सब्जी फ्यालेको र स्थानीय सुरक्षा प्रमुखहरुलाई धम्याएको विषयका टिप्पणी गर्दै उनले अरुलाई हप्की–दप्की नगर्न र कानुनको पालना गर्न चेतावनी दिए।

‘वहाँहरु आक्रामक तरिकाले आउनु हुन्छ। नियम तोडन खोज्नुहुन्छ। धाकधम्की लगाउनु हुन्छ । कानुन मान्दिन भन्नु हुन्छ। हप्की–दप्की गर्नु हुन्छ प्रमुख जिल्ला अधिकारी, एसपी, डिएसपी, इनस्फेकटर, कोहि वाटोमा भेट्टायो भने हप्कीदप्की गर्नु हुन्छ ।’ उनले भने–‘कानुनको पालना गर्नोस, हप्कीदप्की गर्ने होईन। पालना गर्न सिक्नोस कानुनको। लोकतन्त्र भनेको कानुनको राज हो, वलमिच्याँईको राज होईन।’

प्रधानमन्त्री ओलीले प्रचण्डलाई म सम्झाउन चाहान्छु भन्दै थपे–‘ति दिन गए जतिवेला तपाईँ संविधान मान्दिन, कानुन मान्दिन भनेर उपद्रो मच्चाएर हिड्नुभको थियो ।  त्यो जमाना गयो।’

प्रचण्ड र माधव नेपालले गरिवको तरकारी फ्याकेर महान आन्दोलन सफल पारिरहेको भन्दै ओलीले टिप्पणी गरे । ‘गरिवको तरकारी फ्याँकेर महान आन्दोलन वहाँहरुले सफल पार्दैहुनुहुन्छ। कति दुःख कस्ट गरेर फलाएको तरकारी, वाटाका छेउमा ल्याएर वेची राखेको तरकारी, एउटी आमाले डोकामा वोकेर ल्याएको टमाटर सडकभरी फ्याँकेर क्रान्तिकारीता देखाउनु भो प्रचण्डले, माधव नेपालले’ उनले भने–‘अरुको गाडि जलाउनु भयो, आफु गाडिमा सयर भएर तमासा हेर्दै... जनताले कति दुःख पाएका छन् हँ, भनेर गाडि चढेर तमासा हेर्दै हिड्नु भो।’

‘अर्को गाडि चढ्न अलिक भएन... आफैले वन्द गरेको गाडि नै त नचढौं। गाडि अलिक ठुलो भो वाईकसम्ममा त हुन्छ भनेर वाईक लिएर हिड्नु भो। वाईक लिएर हिड्दै जनताले कति दुःख पाए भनेर रमिता हेर्दै हिड्नु भो अर्को’ – ओलीले भने।

प्रचण्ड–माधवसँग कार्यकर्ता सिद्धिएपछि आफै साईन वोर्ड टाँसेर सडकमा उत्रिएको भन्दै उनले ब्यंग्य गरे । ‘कार्यकर्ता सिद्धिएछन्, कार्यकर्ता एता छन् कहाँवाट हुन्छन् उता’ उनले भने–‘कार्यकर्ता सिद्धिएछन, आफैं ‘हामी यहाँ छौं’ भन्ने एउटा टाँस्यो, अनि गाडि रोक भनेर...। को उभिएको छ भनेर यसो हेर्दा खेरी त प्रचण्ड उभिराख्या छ। उभिएको कहाँ फेरी–सात डोवाटोमा। उभिएको पनि सातडोवाटोमा।’ 

आम हड्टालका क्रममा सर्वसाधारणको तरकारी फ्याकेको विषयमा उनले आलोचना पनि गरे । ‘वहाँहरुले फ्याकेको हो त्यो सब्जी, टमाटार, मुला की होईन अरुले फ्याँक्या हो। वहाँहरुले अह्राएका मान्छेले होकी वहाँहरुले फ्याँक्या हो त्यो चै मलाई एकिन भइसक्या छैन’ उनले भने–‘तर, वहाँहरुको आन्दोलने फ्याँक्या हो। वहाँका कार्यकर्ताले कमसेकम फ्याँक्या हो ।’

विशेष