News राजनीति

धरानको भानुचोकमा मजदुर र बन्दकर्ता बिच झडप

धरानको भानुचोकमा मजदुर र बन्दकर्ता बिच झडप

नेकपाको प्रचण्ड–माधव समुहले गरेको बन्दका कारण धरानका मजदुर र बन्दकर्ता बिच झडप भएको छ । भानुचोकमा बन्दकर्ताले टेम्पूलाई रोकेर लात्तले हानेपछि सुरू भएको विवादका कारण मजदुरहरू र बन्दकर्ताबिच केहिसमय सामान्य झडप भएको हो। 

ट्याम्पो चालकलाई दुर्व्यवहार गरिएको भन्दै त्यहाँ रहेका यातायात मजदुरहरू प्रचण्ड–माधव समुहले गरेको हड्तालको विराधमा उत्रिएका थिए ।  दुवै पक्षबिच झडप भएपनि प्रहरीले ठुलो क्षती हुन भने दिएन ।

झडपलगत्तै बन्दकर्ताहरुले टायर बाल्न खोजेपछि मजदुरहरुले खोसेका थिए । मजदुरले टायर खोसेर फाल्ने क्रममा बन्दकर्ता र मजदुर बिच टायर तानातान हुँदा दुवै पक्षका केहि सामान्य घाइते भए।
 
मजदुरहरूले बन्दकर्ताहरूले गरेको नाराबाजीको प्रतिकार पनि गरे।  

यसैगरी, पानीको गाडिको सिसा फोडेको भन्दै  प्रचण्ड – माधव समुहका राष्ट्रिय युवा संघका धरान उपमहानगर सहसंयोजक विजय तामाङ पक्राउ परेका छन् । हड्तालका क्रममा पानी, दुध, एम्बुलेन्स लगायत अती आवश्यकीय गडीलाइ अवरोध नगर्ने भएपनि तामाङले पानीको गाडीको सिसा फोडेकोले पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जनाएका छन् । 

विशेष