News राजनीति

आमहड्तालमा सर्वसाधारणलाई सास्ती, प्रचण्ड र माधव गाडिमा सरर

आमहड्तालमा सर्वसाधारणलाई सास्ती, प्रचण्ड र माधव गाडिमा सरर

सर्वसाधारणका लागि आम हड्तालको घोषणा गरेको नेकपा प्रचण्ड–माधव समुहका अध्यक्षद्वय पुस्पकमल दाहाल प्रचण्ड र माधव नेपालले वन्दको अवज्ञा गर्दै सवारी साधान प्रयोग गरेको विषयमा आलोचना सुरु भएको छ ।्

दाहाल–नेपाल समूहका कार्यकर्ता सडकमा गाडीसमेत चल्न रोक लगाइरहेका छन् । जनताका लागि आन्दोलन गरेको भनेका उनीहरूले सर्वसाधारणका ट्याक्सी, मोटरसाइकल जलाइदिएका छन् । 


तर, उनीहरूका नेता भने विरोध प्रदर्शनको निरीक्षण गर्न भन्दै आफैं गाडी चढेर काठमाडौं सयर गर्दै छन् । अध्यक्षद्वय दाहाल र नेपाल राजधानी काठमाडौंका विभिन्न चोकमा आफैं अनुगमनमा निस्किएका थिए । 


खुमलटारबाट बा. १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडी चढेर निस्केका प्रचण्ड सातदोबाटो, कोटेश्वर, पुल्चोक हुँदै विभिन्न ठाउँमा पुगे। आफैंले गरेको बन्दको अवज्ञा गदै प्रचण्डले आम हड्ताल सफल बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

माधव नेपाल भने केही ठाउँमा गाडी र केही ठाउँमा कार्यकर्ताको स्कुटरमा सवार भएर आम हड्तालको अनुमगन तथा धर्नामा सहभागी भएका छन् ।

अध्यक्षहरुले नै सवारी साधन प्रयोग गरेको विषयम आलोचना भईरहेको छ । लेखक खगेन्द्र संग्रौला लेख्छन्–‘समान्ती चलनमा आदेश दिनेले आदेश मान्नु नपर्ने! बन्दको आदेश दिने पुष्पकमल आदेश तोड्दै ल्याण्ड क्रुजर चढेर भाषण ठोक्न पुलचोक सवारी, माधव स्कुटर चढेर कोटेश्वर सवारी। वाहन चलाउने अरूलाई ढुङ्गामुडा र गाली गर्ने दासवत् कार्यकर्ता आफ्ना नेतालाई ताली! सडकमा देखियो यिनको जनवाद!’
 

विशेष