जनकपुरमा वन्दको आंशिक प्रभाव, प्रहरी र वन्दकर्ता विच सामान्य विवाद
वीरेन्द्र रमण
जनकपुर- जनकपुरमा दाहाल–नेपाल समुहको बन्दको प्रभाव न्युन देखिएको छ । सार्वजनिक यातायात, शैक्षिक संस्था तथा केहि पसलबाहेक अन्य क्षेत्र प्राय खुल्ला छ।
जनकपुरको मुख्य व्यापारीक क्षेत्रमा दाहाल–नेपाल समुहका कार्यकर्ताहरुले पसल बन्द गराएपनि तिनीहरु गइसकेपछि पुनः व्यवसायीहरुले आ–आफ्नो व्यवसाय सञ्चालन गरेका छन् । पसलहरु बन्द गराउने क्रममा जनकपुरधाम स्थित शिवचौकमा प्रहरी र दाहाल– नेपाल समुहका कार्यकर्ताहरु बिच सामान्य विवाद भएको थियो।
प्रदेश २ मा नेकपाको ओली पक्षभन्दा दाहाल–नेपाल पक्ष बलियो छ । यद्यपी त्यसको प्रभाव बन्दमा देखिएको छैन् । यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले जनकपुरधाम सहित धनुषाको अवस्था सामान्य रहेको बताए । उनले बन्दकर्ताहरुले शान्तिपुर्ण रुपमा विरोध गरीरहेकोले कसैलाई अहिलेसम्म नियन्त्रण नगरिएको बताए ।
बन्दका कारण हुन सक्ने सम्भावित घटनलाई रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादापोशाकमा पनि प्रहरी खटाइएको छ ।