सिन्धुलीमा नेकपाका दुई समुह विच झडप, कारवाही गर्न ओली पक्षको माग
सिन्धुलीमा नेकपाका दुई समुह विच झडप भएको छ । प्रचण्ड–नेपाल समूहले आह्वान गरेको बन्दका क्रममा सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित शान्तिनगरचोकमा दुई समूहबीच झडप भएको हो ।
प्रधानमन्त्री केपी ओली समूहका केन्द्रीय सदस्य शान्तिमान कार्कीलगायतले बन्दको उल्लंघन गरेको भन्दै प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले रोक्न खोज्दा झडप भएको हो । ओली समूहका नेता कार्यकर्ता मोटरसाइकलमा कमलामाई नगरपालिका ६ स्थित बजारदेखि ढुङ्गेबास जाँदै गर्दा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज कमलजंग राईलगायतका नेता कार्यकर्ताबीच शान्निगरमा झडप भएको हो ।
नेकपा प्रचण्ड–नेपाल समुहले भने झडप नभएको जनाईएको छ । अध्यक्ष राजन दाहालले अबज्ञा गर्नेहरुलाई संझाई बुझाई गरिएको बताए । ओली समुहले भने झडपमा संलग्न नेता कार्यकर्तालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।