News राजनीति

एकपछि अर्को संविधान उल्लंघन भएपछि अदालत पुगेंः सभामुख सापकोटा

एकपछि अर्को संविधान उल्लंघन भएपछि अदालत पुगेंः सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले एकपछि अर्को संविधान उल्लंघन भएपछि त्यसको रक्षाका लागि अदालत पुगेको बताएका छन्।

सभामुख सापकोटाले विभिन्न संवैधानिक नियकामा भएको नियुक्तिविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभामुख सापकोटाले संविधानको रक्षाका लागि अदालत पुगेको बताएका हुन्।

सभामुख सापकोटाले संसदीय सुनुवाइबिना संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरिएको भन्दै यसले राज्य सञ्चालनका विधि, पद्धति र प्रक्रिया मिच्दै संविधानको ठाडो उल्लंघन भएको बताए ।

असंवैधानिक रुपमा संसद् विघटन गरिएका कारण संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुन नसक्ने स्थिति भएकाले सबै सक्कल कागज संवैधानिक परिषद्मा फिर्ता पठाइएको स्मरण गराउँदै उनले संवैधानिक परिषद्ले पुनः सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्थाको विपरीत नियुक्ति गरिनु संविधानविपरीत भएको बताए ।

संसद् बैठक बोलाउने विषयमा सबै पक्षसँग सल्लाह परामर्श भईरहेको पनि उनले बताए । स्वेच्छाचारी ढंगले संविधान माथि खेलबाड गर्दै संविधानविपरीतका कार्यहरु थपिँदै जाँदा भयावह अवस्थाको सिर्जना नहोस् भनी आफ्ना तर्फबाट भगिरथ प्रयत्न जारी राख्ने बताए ।
 

विशेष