म उहाँहरूलाई भन्दिन चाहन्छु- नरभक्षी आन्दोलनका दिन गए: प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अब शाकाहारी आन्दोलनलाई हुँदैन भनेको चिकेन चिल्ली खान्छु भन्या हो?’ भन्दै प्रचण्डले नरभक्षी आन्दोलन गर्ने भनेको जिकिर गरेका छन् ।
नेकपा (ओली पक्ष) को बागमती प्रदेश कमिटीले काठमाडौंको नारायणहिटी दरबार क्षेत्रमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरि कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने दावी गरे ।
‘उहाँहरू भन्नुहुन्छ, अब शाकाहारी आन्दोलन हुँदैन भनेर। शाकाहारी आन्दोलन हुदैन भनेको के हो? चिकेन चिल्ली खान्छु भन्या हो?’ सहभागितर्फ प्रश्न गर्दै उनले भने–‘उहाँले नरभक्षी आन्दोलन गर्न खोजेको हो। म उहाँहरूलाई भन्दिन चाहन्छु नरभक्षी आन्दोलनका दिन गए। अब नेपालमा कसैले हिंसा मच्चाउन सक्तैन। नेपाल शान्तिपूर्ण। अब नेपाल अशान्ति र हिंसाको भुमरीमा जान सक्दैन।’
ओलीले संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई काम गर्न नदिने अवस्था आयो भने संसद विघटन गर्न सक्ने भन्दै संसद विघटन गर्ने आफनो निर्णयको बचाउ गरे। उनले बेलायतको उदाहरण दिदै काम गर्न नदिएपछि प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जान सक्ने जिकिर गरे।
संवैधानिक नियुक्तिमा समेत अवरोध गरेको दाबी गरेका प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई ठिक ढंगले चल्न नदिनेहरू गएपछि सबै कुरा ठिक भएको वताए । सभा हुने दिन विहान सम्मपनि सडकमा ‘ओलीले राजतन्त्र फर्किएको घोषण गर्छ’ भन्दै हल्ला फैलाईएको भन्दै उनले लामो समय लाकतन्त्रका लागि लडेको ओलीले त्यसो नगर्ने जिकिर गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने उनको भनाई थियो ।
फोटोः प्रदिपकुमार ज्ञवालीको ट्वीटरवाट