News

कारको ठक्करवाट मोटरसाईकल चालकको मृत्यु

कारको ठक्करवाट मोटरसाईकल चालकको मृत्यु

सप्तरीमा कारको ठक्करवाट मोटरसाईकल चालकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग स्थित सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनामा बा २ ज ४०४७ नम्बरको कारले उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको स १० प २७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

कारको ठक्करबाट मोटरसाइकल चालक सप्तरीकै कृष्णसावरन गाउँपालिका–१ का ६५ वर्षीय बहुरी चौधरीको शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

पश्चिमतर्फ जादै गरेको बा २ ज ४०४७ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएपछि चालक चौधरी घाईते भएका थिए। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा विहान करिव साढे ८ वजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

विशेष