News राजनीति प्रदेश २

नेकपा धनुषाको विज्ञप्तिः नेताको ज्यान मार्ने उदेश्यले नियोजित आक्रमण भयो

नेकपा धनुषाको विज्ञप्तिः नेताको ज्यान मार्ने उदेश्यले नियोजित आक्रमण भयो

जनकपुर– नेकपा (प्रचण्ड–माधव पक्ष) ले आह्वान गरेको आम हड्डालका क्रममा विहिवार जनकपुरमा प्रहरी र प्रदर्शनकारी विच झडप भयो । दुई जना नेता तथा प्रहरीतर्फ पनि घाईते भए । तर, यो विषयमा नेकपाले भने आफना नेताहरुलाई ज्यान मार्ने उदेश्यले नियोजित रुपमा आक्रमण भएको जनाएको छ ।

शुक्रबार जनकपुरमा नेकपा धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा संसदीय दलका नेता सत्रुघ्न महतोले प्रहरीले केहि नेतालाई हत्या गर्ने उद्देश्यले आक्रमण गरेको आरोप लगाए । न्यून संख्यामा रहेका आन्दोलनकारीमाथि अन्धाधुन्ध गोली चलाएको र लाठी प्रहार गरेको उनको आरोप छ ।

उनले आफुहरु शान्ति पुर्ण रुपमा आन्दोलन गरिरहेको अवस्थामा प्रहरीले सरकारको ईसारामा दमन गरेको महतोले आरोप लगाए । शान्तिपुर्ण आन्दोलनमा एक्कासी स्थायी कमिटि सदस्य मातृका प्रसाद यादव र नेता रामचन्द्र झालाई मार्ने प्रयास गरेको महतोले वताए । 

उनले संघीयता, धर्मनिर्पेक्षता, समावेशिता सहितका प्राप्त उपलब्धीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समाप्त पार्नका लागि असंवैधानिक कदम चालेको विरोधमा बाध्यतात्मकरुपमा मुलुकमा बन्दको घोषणा गर्नुपरेको स्पष्ट पारे।

त्यस्तै, केन्द्रिय सदस्य श्रवण यादव बरबरियाले प्रदर्शनकारीमाथि योजनावद्ध रुपमा आक्रमण गरेको र नेता रामचन्द्र र मातृका यादवमाथि बर्बर दमन गरेको भन्दै भत्र्सना गरे । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा आन्दोलनमा सहयोग गरेकोमा सवैलाई धन्यवाद दिईएको छ ।

‘हाम्रो शान्तिपूर्ण जुलुसमा प्रतिगामी सरकारको मतियार भएर पूर्वाग्रही रुपमास्थानीय प्रहरी÷प्रशासनले ५० औँ राउण्ड गोली, अश्रुग्यास, लाठी प्रहार तथा ढुंगा प्रहार गर्दै हाम्रा केन्द्रिय नेताहरुलाई ज्यान मार्ने प्रायस गरेको छ। सो क्रममा दर्जनौँ कार्यकर्ताहरुलाई बन्दी बनाई पूर्वमन्त्री मातृकाप्रसाद यादव, पूर्वमन्त्री रामचन्द्र झा, शहिदनगर नगरपालिका प्रमुख उदयकुमार बरबरिया, कारीराम यादव, प्रदीप साहलाई गीम्भर घाइते बनाएको छ। प्रशासनको उक्त कार्यको घोर भत्र्सना गर्दछौँ’ विज्ञप्तिमा लेखिएको छ–‘सम्बन्धित निकायले कडा कारवाही गरोस् भन्ने जोडदार माग गर्दछौँ ।’

विशेष