अरुले कार्यक्रम गर्दा जहाँ पनि ठाउँ ठुलो, हामीलाई जहाँ छाने पनि सानो हुन्छः केपी ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई जहाँ सभा गर्न खोजे पनि ठाउँ सानो भएको भन्दै प्रचण्ड र माधव नेपाललाई ब्यंग्य गरेका छन् ।
ओली नेतृत्वको नेकपाले नारायणहिटीमा आयोजना गरेको आमसभालाई सम्वोधन गर्ने क्रममा उनले यसरी ब्यंग्य गरेका हुन । ‘अरुलाई जहाँ कार्यक्रम गरे पनि ठाउँ ठुलो हुन्छ, हामीलाई जहाँ छाने पनि सानो हुन्छ’– उनले भने ।
‘यहाँ सवैभन्दा ठुलो ठाउँ छानेको त्यो पनि सानो भयो । मान्छे अटेका छैनन्’ उनले भने–‘खादाखाँद छ। सभा गर्ने ठाउँ पुगेको छैन ।’ यति धेरै मान्छेको समर्थन हुँदा पनि मान्छेहरु कुन आधिकारीक पार्टी हो भन्दै अलमलमा रहेको भन्दै उनले भने–‘फेरी मान्छे सोधिहरको छन मुल पार्टी कुन हो ? अहिले पनि मान्छे अलमलमा छन भने कठैवरा भन्न सकिन्छ।’
देशको भौगोलिक अखण्डता, लोकतन्त्रका लागि संघर्ष गरेर र वलिदान दिएर आएको पार्टी, इतिहाँसका हिसावले, वर्तमान हिसावले र देश वनाउने संकल्प वोकेको पार्टी, सुखि नेपाली संवृद्ध नेपालको संकल्प वोकेको हुनाले यो पार्टी नै मुल पार्टी हो भन्दै उनले दावी गरे। उनले थपे–‘अझै पनि वताई रहनु पर्छ ?’
आजैदेखि ‘कुन पार्टी सक्कली र कुन पार्टी नककली’ भन्ने कुराको टुङ्गो लागेको र फैसाला भएको उनले जिकिर गरे । ‘