News राजनीति

सडकमा स्क्रिन राखेर काठमाण्डौं भरीको आमसभा गर्नु पर्ने अवस्था आउन सक्छः ओली

सडकमा स्क्रिन राखेर काठमाण्डौं भरीको आमसभा गर्नु पर्ने अवस्था आउन सक्छः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा स्क्रिन र साउण्ड सिस्टम राखेर काठमाण्डौं भरीको आमसभा गर्नु पर्ने अवस्था आउन सक्ने वताएका छन् ।

ओली नेतृत्वको नेकपाले नारायणहिटीमा आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै उनले भने–‘यो आमसभा कास्टिङ्ग मात्रै हो, काठमाण्डौंका सडकभरी स्क्रिन र साउण्ड सिस्टम राखेर आम सभा गर्ने दिन आउन सक्छ। एउटा कास्टिङ्ग वुटवल र एउटा कास्टिङ्ग विराटनगरमा हुन लागेको छ ।’

प्रधानमन्त्री ओलीले २÷४ हजार कार्यकर्ता देखाएर लल्कार्न थालेकाले नारायणहिटिको सडकमा आमसभा गर्नु परेको वताए । उनले भने–‘हामी सडकमा नउत्रिदा दुई÷चार हजार कार्यकर्ता वोकेर हामीलाई लल्कारर्ने काम भयो। त्यस कारण सडकमा आउनु पर्यो।’

केपी ओलीले राजतन्त्र फर्काउने कुराको भ्रम नपाल्न पनि ओलीले आग्रह गरे । ‘जुन केपी ओलीले आधा दशक लोकतन्त्रका लागि लड्यो, त्यसले राजतन्त्र फर्काउने घोषणा गर्छ अरे १’ आश्चर्य ब्यक्त गर्दै उनले भने ।
संघिय लोकतान्त्रीक गणतन्त्र लडेर ल्याएको र त्यसलाई नै अगाडि वढाउने उद्घोष गरेका ओलीले भने–‘यो ब्यवस्थाका कारण हामीलाई कुनै समस्या भएको छैन। विकासमा कुनै समस्या भएको छैन ।’

कोरोना भाइसर रोकथाम तथा नियन्त्रणका क्रममा स्थानीय तहले खेलेको भुमिकाको उनले प्रसंसा गरे । ‘स्थानीय निकाय, डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, एम्वुलेन्स र शव वाहनका च लकले जसरी कोरोना विरुद्ध लडे, उनीहरुलाई सलाम गर्छु ।’– उलने भने। 

विशेष