News राजनीति

ओलीको पक्षमा सर्वोच्चमा बहस गर्ने वकिलदेखि समर्थकसम्म सबै मण्डलेः योगेश

ओलीको पक्षमा सर्वोच्चमा बहस गर्ने वकिलदेखि समर्थकसम्म सबै मण्डलेः योगेश

प्रचण्ड–माधव नेतृत्वको नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा रहेका सर्वोच्च अदालतमा बहस गर्ने वकिलदेखि उनको कदमलाई साथ दिने सबै मण्डले रहेको आरोप लगाएका छन् ।

पूर्वी नवलपरासीको कावासोतीमा शनिबार आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै भट्टराईले यस्तो वताएका हुन । ‘मण्डले र गणतन्त्रविरोधी झुण्डमा बसेर उनले संविधानमा व्यवस्थै नभएको धारा भनेर निर्वाचित प्रतिनिधिसभा भंग गरे’, उनले भने, ‘जनअधिकार खोस्ने नालायक र तानाशाहका रुपमा उनी इतिहासमा रहनेछन् ।’

प्रधानमन्त्री ओली नेपालका यसअघिका ४० जना प्रधानमन्त्रीभन्दा नालायक र जनअधिकार खोस्ने तानाशाहका रुपमा उदाएको उनले बताए । निर्वाचित जनप्रतिनिधिलाई काम गर्न नदिएर उनले ‘म नै राज्य हुँ’ भन्ने मान्यता बोकेका कारण ओलीलाई सबैले छोड्दै गएको उनको टिप्पणी छ।

पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री ओली अध्यक्ष रहेको पार्टी बन्यो भने आश्चर्य नहुने पनि उनले बताए। ओलीका सवै कदन गणतन्त्र र संघीयता विरोधी रहेको वताएका उनले भने–‘दुबै जना अध्यक्ष रहेको पार्टी बन्यो भने आश्चर्य हुने छैन । ओलीका सबै कदम त्यतातर्फ उन्मुख छन् ।’
 

विशेष