News अर्थ रोजगार पर्यटन

यस कारण चीनियाँ नाकाबाट समान ल्याउन चाहाँदैनन् ब्यापारी 

यस कारण चीनियाँ नाकाबाट समान ल्याउन चाहाँदैनन् ब्यापारी 

कोरोनाको वहानामा चीनले सुरु गरेको ब्यापार अवरोधका कारण नेपाली ब्यापारी/ब्यवसायी आजित छन् । ०७२ सालको भूकम्प पछि सुरु भएको अघोषित नाकावन्दी ब्यापारी/ब्यवासयीका लागि कोरोना संक्रमणपछि अझै कष्टपुर्ण भएको छ ।
 
भुकम्पका वेला चीनसँग सडक मार्ग भएर जोडिने एउटा मात्रै तातोपानी नाका चिनले वन्द गर्यो । भारतले अघोषित रुपमा नाकावन्दी गर्दा पनि सुरक्षा संवेदनशिलता देखाउँदै चीनले तातोपानी नाका खोल्न मानेन। प्रचारवाजीका लागि केरुङ्ग÷रसुवागढि नाका संचालन गर्यो तर जिर्ण सडक र आवश्यक्ता अनुसारको पूर्वाधार नहुँदा ब्यापारी÷ब्यवसायीले सामान आयात–निर्यातमा सधैं हैरानी पाए ।

कोरोनाको संक्रमण सुरु भएपछि रसुवागढि नाका पनि प्रभावित भएको छ । सामान्य अवस्थामा १/२ सय कन्टेर आउने रसुवागढि नाकामा अहिले मुस्किलले ५ वटा कन्टेनर आउने गरेका छन्। चीनले कोटा सिस्टममा कन्टेनर जाँचपास गरिरहेको छ। जसका कारण नेपाली ब्यापारीको सामान महिनौदेखि केरुङ्गमा अलपत्र छ। सामान वोेकेका करिव १५ सय कन्टेर केरुङ्गमा महिनौ दिनदेखि अलपत्र परेको गोसाईकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावा दिन्डुप तामाङ्ग वताउँछन् ।

एक माथि अर्को समस्या सुरु भएपछि ब्यवापारीले अवका दिनमा केरुङ्ग नाकावाट ब्यापार नै नगरर्ने योजना वनाउन थालेका छन् । सामान ल्याउन ब्यापारीहरुले अनेक प्रयास गरिरहे पनि सम्भवन नभएपछि यो अवस्था आएको उनीहरुको भनाई छ । 

शारीरिक र मानसिक तनाव वाहेक आर्थिक रुपमा समेत ब्यापारीहरु पीडित भएका छन् । केरुङ्गबाट  रसुवा गढीसम्म सामान ढुवानी गर्न नेपाली व्यापारीले प्रति कन्टेनर १० देखि १२ लाख थप रकम तिर्नु परिरहेको छ । जवकी, ती दुई स्थान बीचको दूरी २४ किलोमिटर मात्र छ। यसले व्यापारीको लागत बढाएको छ। उत्तरी नाकामा समस्या देखिएपछि केहि व्यापारी दक्षिणी नाकावाट भारतीय मार्गहुँदै जहाजवाट सामान आयात गर्न थालेका छन् । तर, सानो व्यवसाय भएका ब्यापारीहरुले जहाज मार्फत कन्टेनर आयात गर्न सकेका छैनन् । 

‘नेपालीहरु आफैं सामान लिन जान पाउँदैनन्। एजेन्ट मार्फत सामान आउने हो। एक कन्टेनरको ६० हजार आरएमवीसम्म (नेपाली १०/१२ लाख) घुस लिन्छन’ उनले तामाङ्गले भने–‘यति पैसा दिने भए गाडि लोड गरेर पठाई दिन्छौं नत्र सकिदैन भनेपछि ब्यापारीहरु वाध्य हुन्छन्। त्यत्रो पैसा तिरेर सामान ल्याए पनि के गर्नु ?’ किनीसकेको सामान ब्यापारीले मायाँ मार्न नसकेर अहिलेको समस्या भोग्नु परेको वताएका उनले आउँदा दिनमा भने रसुवागढि नाका भएर थप सामान आयत हुनेमा शंका उत्पन्न भएको वताए । ‘ब्यापारीहरु एकजुट हुँदैछन्, स्टकमा भएको सामान आईसकेपछि यो नाकावाट ब्यापार नगर्ने उनीहरुको सल्लाह छ’ उनले भने–‘हामीले यो विषयमा स्थानीय प्रशासनलाई पनि जानकारी गराएका छौं।’

सडकमा पार्क गरिएका कन्टेनर नाकासम्म सहज रुपमा ल्याई दिने र आफनै सामान ल्याउन दलाललाई घुस दिनुपर्ने समस्याको समाधान खोज्न उनले सरकारसँग पनि माग गरेका छन् ।

यतिमात्र होईन, रसुवागढि सिमापार ब्यापार संघका अध्यक्ष कामी नुर्पु तामाङका अनुसार चीनसँगको ब्यापार असुरक्षित भएको छ। शारीरिक, मानसिक र आर्थिक सवै दृष्टिकोणले ब्यापार असुरक्षित भएको उनको भनाई छ । 

चीनका ब्यापारीले नेपालीहरुलाई ठग्ने, कुट्ने, दुब्र्यवहार गर्ने र भनेजस्तो सामान पनि नदिने गरेको तामाङले वताए । अर्डर गरेअनुसार जति लोड हुनुपर्ने हो त्यति समान नै नआउने गरेको पनि उनको गुनासो छ । कतिपय कन्टेनरमा त रित्तो कार्टुन समेत आउने गरेको उनले वताए ।

गाडि लिएर जाँदा चक्काको हावा खोली दिने, डाईभरलाई कुटिदिने समस्या पनि चीनमा धेरै हुने गरेको तामाङ्गको अनुभव छ। 

यो पनि

नेपाली नागरिक माथि चीनियाँ प्रहरीको अत्याचार, निर्मम कुटपिट

चाईना ब्यापारः रसुवा भन्दा तातोपानी सुगम, तर चीनियाँ शासकको सन्कीले ब्यापारीको बिचल्ली

चीनियाँ नाकाबन्दीले सीमाका जनताले आफन्त भेट्न पनि पाएनन्

मदिराले लट्ठ भएर नेपालीलाई थर्काउछन चीनियाँ प्रहरी

महङ्गियो मेड इन चाइना : दलालको दादागिरी, २४ किलोमिटर सामान ओसारेको १२ लाख

नेपाली भुमिमा ड्रोन उडाउँछन चीनियाँ लालसेना

चाईना ब्यापारः कहिले बन्ला सिमासम्म राम्रो बाटो ?

चीनमा नेपाली ब्यापारीको सुरक्षा भएन, आफनै सामान ल्याउन दलाललाई घुस

चीनको वदमासीः ३ सय कन्टेनर आउने नाकामा ३ वटा कन्टेनर मात्रै जाँचपास

नेपालीसँगको सम्वन्ध छुटाउँन चीनले खासाको वस्ती नै उठायो

चीनियाँ नाकामा सास्तीः चिनियाँहरुलाई घुस नदिए सामान पठाउँदैनन्

चीनको अघोषित नाकावन्दीका कारण तातोपानी नाका सुनसान, सामान आयात निर्यातमा अवरोध

मेयर र शेर्पालाई सुन तस्करीको आरोप, शेर्पा भन्छन– अरुले पनि भन्सारलाई प्रभाव पारे हुन्छ

‘चाईना नाकावन्दी’को असर : रसुवामा सर्वसाधारणको विचल्ली, ६ सय श्रमिक विस्थापित

एमसिसी मार्फत अमेरिकी प्रभाव बढ्ने देखेपछि नेपालमा चिनियाँ नाकाबन्दी

 

विशेष