News राजनीति

ओलीका साईबर सेनाको पोल खुल्योः १५ वर्ष अघिको फोटो राखेर चर्चा, पृष्ठभुमीमा ‘मेरो मोबाइल’ देखियो

ओलीका साईबर सेनाको पोल खुल्योः १५ वर्ष अघिको फोटो राखेर चर्चा, पृष्ठभुमीमा ‘मेरो मोबाइल’ देखियो

पार्टी विभाजनपछि एक पक्षले अर्को पक्षलाई होच्याउने र जनताको नजरमा गिराउने खेल नेकपामा सुरु भएको छ। यो खेलमा प्रधानमन्त्री केपी शर्मा ओलीको टिम एक कमद अघि छ । स्वयम प्रधानमन्त्री ओली नै यो खेलमा पोख्त छन् ।

प्रधानमन्त्री ओलीका हरेक सम्बोधनमा नक्कली भाइरल तस्बिर र समाचारलाई उदाहरण दिँने गरिएको छ । शुक्रवार पनि उनले दाहाल–नेपाल समूहले विहिवार आयोजना गरेको नेपाल बन्दमा भएको घटना उल्लेख गरेर भ्रम फैलाउने प्रयास गरे । 

बन्दको क्रममा किसानहरूको तरकारी बाटोमा फालेको तस्बिरहरूलाई जोडेर उनले किसानको तरकारी बाटोमा फ्याँक्ने काम गरेको भन्दै आलोचना गरे। तर, किसानको तरकारी सडकमा फ्याँकिएको दृष्य दाहाल–नेपाल समुहको वन्दको समयमा भएको थिएन। विभिन्न समय र विभिन्न देशमा भएका घट्नाको फोटो सामाजिक संजालमा राखेर प्रचार गरिएको थियो ।

यति मात्र होईन, सामाजिक संजालमा अर्को फोटो पनि निकै भाईरल भयो । सवारी साधन नहुँदा एक जना ब्यक्तिले दुःख पाएको यो फोटो सवैको नजरमा पर्यो । ति ब्यक्ति एक हातले कालो ब्याग र अर्को हातले खुट्टा भाँचिएर प्लाष्टर गरेको वच्चा वोकेर मुल सडकमा हिडेका थिए । तर, त्यो फोटो पनि लगभग  १५ वर्ष अगाडि खिचिएको पाईएको छ ।

फोटोमो पृष्ठभुमीमा हाल एनसेलका नामवाट संचालन भईरहेको दुरसञ्चार सेवा प्रदायक कम्पनी ‘मेरो मोबाइल’ को विज्ञापन छ।

यसको मतलव फोटो १५ वर्षअघिको हो भन्ने कुरा प्रष्ट छ । प्रधानमन्त्री ओलीका साईवर सेनाले प्रचण्ड–माधवको वन्दलाई वद्नाम गराउने उदेश्यले सुनियोजित रुपमा त्यो फोटो सामाजिक सञ्जालमा राखिएको जानकारहरु वताउँछन् ।

विशेष