संसद विघटनविरुद्ध पेशाकर्मी तथा श्रमिकद्वारा प्रदर्शन
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली काँग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकले आज मुलुकभर विरोध प्रदर्शन गरेका छन् ।
काठमाडौको टुँडिखेलमा प्ले कार्ड, कालोपट्टी र कालो मास्क लगाएको समूूहले केही समय मानवसाङ्लो बनाई घेराउ गरेको थियो । कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरे।
प्ले कार्डमा ‘प्रतिनिधिसभाको पुुर्नबहाली गर, संवैधानिक सर्वाेच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग लेखिएको थियो ।
विरोध प्रदर्शन नेपाल ट्रेड युुनियन काँग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल सांस्कृतिक सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ र नेपाल प्रेस युनियनलगायतका सङ्घसंस्थाको अगुुवाइमा भएको हो ।