प्रतिबद्धता अनुसारको काम नभए ‘कान समातेर उठबस’ गर्न तयार छुः पुर्वमन्त्री वास्कोटा
पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताएका छन्।
बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीका अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरेका हुन्।
बाँस्कोटाले गत निर्वाचनका बेला गरेका प्रतिबद्धता अनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको बताए । ’विकास र राजनीतिका विषयमा प्रतिपक्ष बनेकाले मेरोजति सामना गर्नु, यसका लागि तयार हुनु’, उनले भने।
आफ्नै सांसद पद खुस्केजस्तो सरकारविरुद्ध सडकमा स्वार्थी ‘कम्युनिष्टधारी’ले कोकोहोलो मच्चाएको पनि उनले आरोप लगाए ।
कार्यक्रममा बनेपा नगरप्रमुख लक्ष्मी नरसिंह वादे, नेकपाका जिल्ला नेता चन्द्रबहादुर थापा, मुक्ति विष्ट, आत्माराम थापालगायतले विकासको मेरुदण्ड नेकपा नै रहेको बताए।
सो अवसरमा पार्टी वडा कमिटी तथा जनवर्गीय सङ्गठनको तदर्थ समिति पनि घोषणा गरियो।
(रासस)