ट्याक्सी जलाएको विरोधमा ट्याक्सी व्यवसायीहरुको प्रर्दशन
प्रचण्ड–माधव नेतृत्वको नेकपाले बिहीवार गरेको आमहड्तालको क्रमममा ट्याक्सी जलाएको विरोधमा शनिवार ट्याक्सी व्यवसायीहरुले प्रर्दशन गरेका छन्।
नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा संघले माइतीघरमा विरोधस्वरुप सडकमा ट्याक्सी रोकेर धर्ना दिए। २ सय भन्दा बढी ट्याक्सीसहित ट्याक्सी चालक एवं व्यवसायीले प्रदर्शन गरेका थिए । उनीहरुले राजनीतिक बन्द र हड्तालको कारण आफूहरुको रोजिरोटी र ज्यान जोखिममा परेको समेत बताए ।
उनीहरुले राजनितिक हस्तक्षेप बन्द गर, ट्याक्सी व्यवसायीको लगानी सुरक्षित गर, यातायात क्षेत्रमा गैर कानुनी धन्दा गर्ने चाहिँ उद्यमी, हामी चाहिँ के? भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर नारा लगाएका थिए।
बिहीवार गोंगबुमा आमहड्ताल उलंघन गरेको भन्दै प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आगजनी भएको ट्याक्सीलाई क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।