प्रदेश १ मा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा टेबुल गर्न माग
प्रचण्ड–माधव नेतृत्वको नेकपाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा टेबुल गर्न माग गरेको छ । मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबुल गर्न पाउनुपर्ने उनीहरूको माग छ।
अविस्वासको प्रश्ताव टेवुल हुन नदिन सरी पक्षले रोक्न खोजेपछि उक्त समुहका सांसदहरुले यस्तो माग गरेका ह्न । निर्वतमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले अविश्वास प्रस्ताव टेबुल गर्न प्रदेश सभा चल्न दिनुपर्ने बताए। ‘कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। हामीले प्रदेश सभा चल्न दिनुपर्छ भनेका छौ’ आङबोले भने–‘प्रदेश सभामा अरु विजनेस छैन। दर्ता भएको अविश्वास प्रस्ताव टेबुल हुनुपर्छ।’
ओली पक्षले मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्न केही दिन समय मागेपनि प्रचण्ड–माधव पक्षले मानेको छैन । आज २ बजे प्रदेश सभा बैठकमा दुवै पक्ष आ–आफ्नो रणनीतिमा भएकाले सहज रुपमा बैठक सञ्चालन हुने सम्भावना कम छ।
माघ ७ का लागि बोलाइएको पहिलो बैठक प्रदेश सरकार प्रमुखले पठाएको पत्र पढेर स्थगित भएको थियो । मुख्यमन्त्री शेरधन राईले अर्को पक्षका १६ सांसदलाई निलम्बन गरेका छन्।