News अपराध सुरक्षा

निर्मला पन्तको जस्तै नहोस् भागरथी हत्या प्रकरण, प्रहरी भन्छ–अनुसन्धानमा कुनै कमी हुँदैन

निर्मला पन्तको जस्तै नहोस् भागरथी हत्या प्रकरण, प्रहरी भन्छ–अनुसन्धानमा कुनै कमी हुँदैन

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरण कञ्चनपुरकी किशोरी निर्मला पन्तको जस्तै नहोस् भनेर चौतर्फी रुपमा खबरदारी भइरहेका वेला प्रहरीले भने अनुसन्धानमा कुनै कमी नहुने वताएका छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवरले किशोरी हत्या घटनाको अनुसन्धानका लागि अत्यन्त सजगताका साथ सुक्ष्म अनुसन्धान भइरहेको बताउँदै अपराधी पत्ता लगाएर पक्राउ गरी कारबाही गरिने प्रतिवद्ध जनाएका छन् ।

शनिबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पनि संयुक्त विज्ञप्ति जारी गर्दै यो घटना पनि निर्मला प्रकरण जस्तो नहोस् भनेर खबरदारी गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भागरथीका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

शनिबार भागरथीको न्यायको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको थियो । प्रदर्शनका सहभागीहरुले भागरथीका हत्यारालाई तत्काल पक्राउ गर्न माग गरेका थिए। उनीहरुले यो घटनाको अनुसन्धानमा पनि निर्मला प्रकरणको जस्तै लापवार्ही नगर्न प्रहरी प्रशासनलाई खबरदारी गरेका थिए।


कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी अझै पत्ता लागेका छैनन्। बैतडीमा फेरि उस्तै घटना दोहारिएपछि सिंगो मुलुक स्तब्ध बनेको छ।

विद्यालयबाट घर फर्कने क्रममा १७ वर्षीया किशोरी भागरथी भट्टको विभत्स ढंगले हत्या गरिएको अवस्थामा जंगलको झाडीमा शव फेला परेको थियो।

डेढ महिनाअघि मात्रै श्रीमान् गुमाएकी आमा द्रोपति भट्ट जवान छोरीको पनि बलात्कारपछि विभत्स हत्या भएको घटनाले मर्माहत छिन्।

विशेष