राष्ट्रिय युवा संघको संयोजकबाट दिपशिखा आउट
केपी शर्मा ओली नेतृत्वको नेकपा भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले रामप्रसाद सापकोटा (दिपशिखा) लाई संयोजकबाट हटाएको छ ।
ललितपुरको तुलसीलाल स्मृति भवनमा शुरू भएको युवा संघको केन्द्रीय समिति बैठकमा सहसंयोजक रमेश पौडेलले संयोजक सापकोटालाई निष्कासनका लागि प्रस्ताव राखेका थिए । कम्युनिष्ट आन्दोलनको विरुद्ध र समृद्ध नेपाल सुखी नेपाली अभियानको विरुद्धमा गतिबिधि गरेकाले निष्कासनको प्रस्ताव गरेपछि बैठकले अनुमोदन गरेको हो ।
बैठकले सापकोटालाई निष्कासन गरेपछि पौडेलको अध्यक्षमा बैठक शुरु भएको छ । युवा संघ इन्चार्ज महेश बस्नेतको उपस्थितिमा भएको बैठकलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायतका नेताहरुले सम्बोधन गर्ने जनाईएको छ ।