वडा सदस्यको घरमा उनकै प्रेमीकाको शव भेटियो
कैलालीको गौरीगंगा नगरपालिकाका एक वडा सदस्यको घरमा उनकै प्रेमीकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
वडा नं. ३ का वडा सदस्य निरज चौधरीको घरमा उनकी प्रेमिका २२ वर्षीया अञ्जिता चौधरीको शव फेला परेको हो । उनको शव झुण्डिएको अवस्थामा भेटिएको कैलाली प्रहरीले जनाएको छ ।
अञ्जिताले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुने प्रहरीको भनाई छ ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका निरजले अर्की युवतीसँग विहे गरेपछि विवाद भएको थियो भने परिवारले शनिवार अञ्जितालाई निरजकै घरमा छोडेको थियो । दुवै पक्षको छलफलपछि अञ्जितालाई स्विकार्न निरज राजि भएका थिए ।
आइतबार बिहान झुण्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।