News अपराध सुरक्षा

चिठ्ठा परेको भन्दै ठगी गर्ने पौडेली पक्राउ, १४ लाख नगदै वरामद

चिठ्ठा परेको भन्दै ठगी गर्ने पौडेली पक्राउ, १४ लाख नगदै वरामद

चिठ्ठा परेको भनेर प्रलोभन देखाई विभिन्न ब्यक्तिलाई ठगी गर्ने झापाको अर्जुनधारा–९ का २९ बर्षीय पंकज पौडेली बिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले पडौलीलाई पक्राउ गरेको हो ।

अनलाईनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बैकहरुको खातानम्बर दिएर रकम ठगी गरेको पाईएपछि उनलालाई पक्राउ गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पौडेली विरुद्ध महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगी मुद्दा दर्ता भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले बिर्तामोड नगरपालिका–२ बाट उनलाई पक्राउ गरेको हो ।

उनको साथवाट ५ लाख ६४ हजार ९१० रुपैयाँ तथा गाईको गोठमा गोवरको थुप्रो भित्र झोलामा लुकाईएको ८ लाख ३० हजार ३०५ गरी १३ लाख ९५ हजार २१५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

पौडेलीलाई घटनाको थप अनुसन्धानको लागी महानगरीय अपराध महाशाखा मिनभवन काठमान्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विशेष