प्रधानमन्त्रीका वकिललाई प्रधानन्यायाधीशले भने– छोड्दिनुस् प्लिज, किन जबर्जस्ती गर्नुहुन्छ ?
सर्वोच्च अदालतको संवैधानिक इजलास र प्रधानमन्त्रीको तर्फबाट आज शुरुमै बहस गर्नुभएका अधिवक्ता ईश्वरी भट्टराईबीच तोकिएको समयलाई लिएर केहीबेर लफडा भएको छ ।
इजलासले सोधेको पटक पटकको प्रश्नको जवाफ दिन नसकेपछि बहस टुंग्याउन गरिएको आग्रहलाई भट्टराईले बेवास्ता गरेपछि प्रधानन्यायाधीश राणाले बहस रोक्न आदेश दिनुभएको हो ।
‘छोड्नुस्, छोड्दिनुस् प्लिज, किन जबर्जस्ती गर्नुहुन्छ ? तपाईंका टाइम त ब्याग खोज्दैमा सकिने भो । छिटो गर्नुस् ।’
राणाले भन्नुभयो ‘तपाईंको टाइम सकियो,धेरै भइसक्यो, छोड्नुस्, छोड्दिनुस प्लिज, धेरैजना हुनुहुन्छ, अर्को साथीलाई दिनुस् । हाम्रो ठाउँबाट हेर्नुस् त, किन जबर्जस्ती गर्नुहुन्छ ? त्यसअघि भट्टराईले संविधानको धारा ७४, ७६ र ८५ को अन्तरसम्बन्धको बारेमा लम्बेतान चर्चा गरे पनि विषयवस्तुमा प्रवेश गर्नुभएको थिएन ।
त्यसपछि प्रधानमन्त्रीको तर्फबाट अधिवक्ता महेश नेपालले बहस गर्नुभयो । नेपालपछि बहस थाल्न खोज्नुभएका अर्का अधिवक्ता सीपी रेग्मीले आफ्नो ब्याग खोज्न थालेपछि पुनः इजलासबाट राणाले भन्नुभयो ‘तपाईंका टाइम त ब्याग खोज्दैमा सकिने भो । छिटो गर्नुस् ।’
रेग्मीलाई पनि तोकिएको समय नाघेपछि इजलासले ‘छोड्नुुस्, बन्द गरिहाल्नुस’ भनेको छ । आजको इजलासलाई हेर्दा तोकिएको समय पालनामा कडा देखिएको छ ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो।