News

उत्तराखण्डको हिमनदी विस्फोटमा परी १८ जनाको मृत्यु, २ सय भन्दा बढी बेपत्ता

उत्तराखण्डको हिमनदी विस्फोटमा परी १८ जनाको मृत्यु, २ सय भन्दा बढी बेपत्ता

भारतको उत्तराखण्डमा हिमनदी फुट्दा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ भने दुई सयभन्दा धेरै जना हराइरहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार चमोली जिल्लामा हिमनदी फुट्दा धौलीगङ्गालगायत नदीमा आएको बाढीमा परेर दुई सयभन्दा धेरै जना हराइरहेका छन् । अहिलेसम्म १८ वटा शव भेटिएको र दुई सय दुई जनाको खोजी भइरहेको उत्तराखण्डका प्रहरी महानिर्देशक अशोक कुमारले बताउएका छन् ।

अटोमेटिक ट्रान्समिट पावर कन्ट्रोल (एटीपीसी) ले सुरुङमा उद्धार कार्य चलाइएको उनले जनाएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का महानिर्देशक एमएन प्रधानले चमोली जिल्लामा हिमनदी विस्फोटपछि कैयौँ व्यक्ति साढे दुई किलोमिटर लामो सुरुङमा फसेको, अहिले एक किलोमिटरसम्म माटो हटाइएको र चाँडै मानिसहरु फसेका ठाउँसम्म पुगिने जानकारी दिए।

हिमनदी विस्फोटका कारण पुल भत्किएपछि चमोली जिल्लाका १३ गाउँ अलग भएको बताइएको छ । ती गाउँका मानिसहरुलाई उद्धार गर्ने काम भइरहेको सञ्चारमाध्यमले जनाएका छन् । 

हिमताल फुटेपछि आएको बाढीका कारण दुई वटा जलविद्युत् परियोजना र बाँधमा क्षति पुगेको बताइएको छ । अहिले बन्दै गरेको ऋषिगङ्गा जलविद्युत् परियोजनामा सबैभन्दा बढी क्षति पुगेको र सञ्चालनमा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनामा पनि क्षति पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

विशेष