घट्यो चालु आवको वजेटको आकार, साढे १३ खर्व मात्रै खर्च गरिने
सरकारले चालु आर्थिक वर्षको वजेटको आधार घटाएको छ । चालू आर्थिक वर्ष ०७७÷०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो ।
अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँको मात्रै वनाईएको छ । ६ महिनाको बजेट खर्चको अनुमानका आधारमा यस आर्थिक वर्षको बजेट कुल बजेटको ९१.१९ प्रतिशत हुने अर्थमन्त्रालयले जनाएको छ ।
संशोधित अनुमान अनुसार चालू खर्च ९ खर्ब १४ अर्ब, पूँजीगत खर्च २ खर्ब ८३ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटको संशोधित अनुमान अनुसार चालु आर्थिक वर्षमा सरकारले राजस्व र आन्तरिक ऋणबाट १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानबाट ३५ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ३५ अर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ ।
निर्वाचन र कोभिड खोपमा हुने खर्च समेत जोडेर यो वजेट तयार गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । अनिवार्य दायित्व र पूर्वसहमति दिइएका आयोजनाको बजेट कटौती नहुने उनले जानकारी दिए ।